बझाङको दहबगर स्वास्थ्य चौकीका निवर्तमान इन्चार्ज रहनुभयका धामीको निधन भएको छ। जिल्लाको बुङ्गल नगरपालिका–१ अन्तर्गत दहबगर स्वास्थ्य चौकीका निवर्तमान इन्चार्ज वीरबहादुर धामीको निधन भएको छ।
लामो समयदेखि स्वास्थ्य सेवामा योगदान दिँदै आएका धामीको क्यान्सर रोगका कारण बुधबार बिहान निधन भएको हो। विक्रम संम्बद २०५२ सालमा स्थायी नियुक्ति पाएर सुर्मा स्वास्थ्य चौकीबाट स्वास्थ्य सेवा सुरू गर्नुभएका धामीले २०५४ सालदेखि दहबगर स्वास्थ्य चौकीमा सेवा गर्दै आएका थिए।
